३१ बैशाख २०८१, सोमबार

ताजा खबर

४२ विधामा सातौं निम अवार्ड

नागरिक पोष्ट

बिहीबार, २२ चैत्र २०८०

3928 views

3928 views

४२ विधामा सातौं निम अवार्ड

काठमाडौं। विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ ९निम अवार्ड० २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल०द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो‘ प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र
राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए । सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका