१६ बैशाख २०८१, आईतवार

ताजा खबर

स्वर्गीय निरा छन्त्यालको स्वरमा "घर हाम्रो खोटाङ्गको चिसापानीमा" गीत सार्बजनिक

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

16389 views

16389 views

स्वर्गीय निरा छन्त्यालको स्वरमा "घर हाम्रो खोटाङ्गको चिसापानीमा" गीत सार्बजनिक

काठमाण्डौ । स्वर्गीय गायिका निरा छन्त्याल द्वारा स्वर बद्ध पछिल्लो गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकहरु माझ आफ्नो सुमधुर स्वरको माध्यम बाट आज पनि जीवित छिन् । उनि द्वारा स्व बद्ध गीत "घर हाम्रो खोटाङ्गको चिसापानीमा" बोलको रहेको छ । गीत नबिन योगीको प्रस्तुतिमा सार्बजनिक भएको हो । 

उक्त गीतमा निरा संगै लोकप्रिय गायक तथा सर्जक बिनोद ढकालको सुमधुर स्वर सुन्न सकिन्छ । बिनिद ढका/ ल्याब म्युजि युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई नबिन योगीले लेखेका हुन् भने संगीत गायक स्वयम् बिनोदले भरेका छन् । गीतमा बाचुन्जेल हामि किन गर्छौं तेरो र मेरो ? मरिजाने चोलामा हाँसखेल गरेर नै जिबन बिताउं भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतले खोटाङ्ग जिल्लालाई आन्तरिक पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने बिश्वास गर्न सकिन्छ । 

"घर हाम्रो खोटाङ्गको चिसापानीमा" बोलको गीतको म्युजिक भिडियोमा बिनोद ढकाल, रिना गुरुङ्ग, रबिन्द्र रिमाल र आशिक खातीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् । 

भिडियो क्लिक ।

https://www.youtube.com/watch?v=D9VR89nRRHA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका