३१ बैशाख २०८१, सोमबार

ताजा खबर

बोक्सीको घरको हिजोको ओपनिङ ६० लाख नजिक आज डबल भन्दा बढी ?

नागरिक पोष्ट

शनिबार, १५ बैशाख २०८१

1565 views

1565 views

बोक्सीको घरको हिजोको ओपनिङ ६० लाख नजिक आज डबल भन्दा बढी ?

काठमाण्डौँ । ”पोष्टरमा एक नायिका मात्रै छ तर फ़िल्मको ओपनिगं मल्टीस्टारर फिल्म भन्दा बलियो छ १ त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानि गरौ बधाइ केकी र बोक्सिको घर टिम १” 


आज सम्म फिल्म मेकिङमा फेल नखाएका निर्माता तथा कलाकार दीपकराज गिरीले उक्त स्टेटस शनिबार मध्यान्न लेख्दा निकै भाइरल भईरहेको छ । फेसबुकको टाइमलाईनमा उनले यो स्टेटस त्यसै लेखेका हैनन । बोक्सीको घरले गरेको चमत्कारिक ब्यापारको कारण खोतल्दै लेखेका हुन उनले जहाँ भनेका छन स्टार हैन स्कृप्टमा ध्यान दिऔँ ।

हो , दीपकले भनेझै केकी अधिकारी मात्र स्टारर फिल्म बोक्सीको घरले निकै राम्रो ओपनिङ गर्न सफल भएको छ । फिल्मले रिलिजको पहिलो दिन अल नेपाल करिब ६० लाख ग्रस कलेक्सन गरेको छ ।

बिहानीको सोमा मोफसलका धेरै जसो स्टेशनमा कमजोर ब्यापार गरेको फिल्मले दिवा सोबाट आफ्नो पकड लिएपछि फिल्मको ओपनिङ देशैभर प्रसंनसनीय भईदिएको हो ।

फिल्मले मोफसलमा करिब १८ लाखको हाराहारी र राजधानीमा ४२ लाखको हाराहारीमा ओपनिङ गरेको थियो । यसैगरी आज दोश्रो दिन फिल्मले हिजाको भन्दा डब्बल बढी ब्यापार गर्ने छाटकाट देखाएको छ । अर्थात डेढ करोड भन्दा बढी हुने करिब करिब निश्चित देखिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका