१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

डोल्पाको भुमिमा छायांकन गरिएको म्युजिक भिडियो रातो किताबको पोष्टर सार्वजनिक

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

11425 views

11425 views

डोल्पाको भुमिमा छायांकन गरिएको म्युजिक भिडियो रातो किताबको पोष्टर सार्वजनिक

काठमाण्डौँ  । समग्र कर्णालीले भोग्नु परेका पीडा र कथालाई गीतको माध्यममा उजागर गर्ने गरि पर्यटकीय भुमि डोल्पामा छायांकन गरिएको म्युजिक भिडियो ” रातो किताबको पोष्टर सार्वजनिक गरिएको छ ।चर्चित गायक सुरज पण्डितको ‘रातो किताब’को पोष्टर  नयाँ बर्षको सुभसाईत पारेर सार्वजनिक गरिएको हो ।

माता त्रिपुरा सुन्दरी मिडिया हबको सहकार्यमा चर्चित गायक सुरज पण्डित र मोडलिङ् क्षेत्रमा निकै ख्याति कमाएका लक्षमण देभकोटाको साँगितिक कोशेलीको रुपमा  ‘रातो किताब’ आउन थालेको हो।

सार्वजनिक गरिएको , रातो किताब , भिडियोमा लक्ष्मण देबकोटा र सुस्मिता कुवंर फिचर्ड चर्चित गीत रेलको बाटो र सिंहदरबारको अपार सफलता पछि सुरज पण्डितको शब्द , सङ्गीत र आवाज रहेको रातो किताबको भिडियो बैशाख १३ गते सार्बजनिक हुने निर्माण पक्षले जनाएको छ ।

रेलको बाटो गीतकै निर्देशक लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा लक्ष्मण देबकोटा र सुस्मिता कुवंरको साथमा वसन्त उदास , एन्जिला पन्थी र डोल्पाका उदयमान युवा पत्रकार टेक शाही लगाएतको अभिनय रहेको छ ।

लक्ष्मण देबकोटाले यसअगाडि रेलको बाटो , नुनको भारी लगाएत गीतमा अभिनय गरिसकेका छन भने सुस्मिता लाई चर्चित टेलि शृङ्खला सक्किगोनिमा समेत देख्न सकिन्छ । रेलको बाटो टिमको बाहुल्यता रहेको रातो किताबको छायांकन पनि दुर्गम जिल्ला डोल्पामा गरिएको हो । भिडियोका छायांकार बिजय भण्डारी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका