३ असार २०८१, आईतवार

ताजा खबर

राष्ट्रिय वाणिज्य बैंकको सीइओमा गोरखाका खनाल नियुक्त

नागरिक पोष्ट

बिहीबार, १० जेष्ठ २०८१

2058 views

2058 views

राष्ट्रिय वाणिज्य बैंकको सीइओमा गोरखाका खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंककै डिपुटी सिइओ देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।


सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निणर्य गरेको छ । नव नियुक्त सीईओ खनाल गोरखा जिल्ला निवासी हुन् ।

दुई दशकभन्दा लामो बैंकिङ क्षेत्रमा आवद्ध रहेका उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । बैंकको सीईओ पदका ‘सर्ट लिस्ट’ परेका पाँच जनामध्ये उनले बाजी मारेका हुन् ।

सर्टलिस्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । तत्कालीन सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल पूरा भएपछि सीईओ पद रिक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका