१२ आश्विन २०८१, शनिबार

ताजा खबर

सरकारले आफ्ना माग बेवास्ता गरेकाे भन्दै पाेल चढेकी थिइन् आरती

नागरिक पोष्ट

बुधबार, १३ असार २०८१

3622 views

3622 views

सरकारले आफ्ना माग बेवास्ता गरेकाे भन्दै पाेल चढेकी थिइन् आरती

काठमाडौँ। माइतीघर मण्डलस्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ।

 

मंगलबार दिउँसो उनी आत्महत्या गर्ने भन्दै पोलमा उक्लिएकी थिइन्।

श्रीमानबाट बलात्कृत भएकाे भन्दै लामाे समयदेखि कानूनी लडाईं लडिरहेकी आरतीले अदालतबाट मुद्दा जितिसकेकी छन् । उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ ।

तर सरकारबाट राहत तथा क्षतिपूर्ति समेत पाउनुपर्ने भन्दै आरतीले आफ्नाे लडाइ जारी राखेकी छन् । मंगलबार दिउँसाे पाेल चड्नुअघि उनले सामाजिकसञ्जालमा एक स्ट्याटस् लेखेकी थिइन् । जसमा उनले आफूले केहिसमयअघि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक सहयोगको लागि लिखित निवेदन दिएकाे तर सरकारले वेवास्ता गरेकाे बताएकी थिइन् । साेही कारण आफू संसार छाेडुन बाध्य भएकाे उनले उल्लेख गरेकी थिइन् ।

उनकाे स्ट्याटस् :

नत राम्रो उपचार छ नत औषधि ६ महिनादेखि न्यायको निम्ति, नेपालको कानून सबैलाई समान हुनुपर्छ भन्दै जघन्य अपराध (बलात्कार) गर्ने न्यायाधीश विरूद्धको लडाईंमा सडकको बास भयो अनि २४ सै घन्टा सडकको धुलो, धुवा, घाम पानी कहिले अनशन त कहिले धर्ना त्यसमाथि न्यायको निम्ति सम्मानित सर्वोच्च अदालतको परिसर भित्र विष सेवनले शरीरमा कस्तो रोग लाग्छ एक पटक कल्पना गरेर हेर्नुहोस् (प्रचन्ड) सरकारहरु मुटु, मृगौला, पिसाब चुहिने लगायत् पुरै शरीर सुन्निएको छ आज यै रोगले छटपटाई रहेकी छु । न्यायालयदेखि न्याय त पाएँ तर यही न्याय मलाई महँगो भयो । सर्वस्व गुमाएँ । अस्वस्थ शरीर लिएर कहाँ जाउँ, के खाउँ के गरु ? दुई छाक अन्नको वातावरण बनाई देउ, स्वास्थ्योपचार र जीविकोपार्जनको लागि राहत (सहयोग) देउ भन्दै सडकमा लाश भएर ढलेकी छु तर राज्यले हेरेन, प्रधानमन्त्री ज्यूको हृदयमा आफ्नो पीडित नागरिक चेलीप्रति दया भाव जागेन ।

हिंसामा परेका हरेक महिला दिदी बहिनीहरुको लागि प्रेरणाको स्रोत बनेकी हुँदा म पीडीतलाई राज्यले स–सम्मानका साथ पुरस्कृत गर्ने ठाउँमा उल्टै राज्यबाट अन्याय भोग्नु परेको छ । मैले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक सहयोगको लागि लिखित निवेदनको अपिल गर्दा पनि राज्यले बेवास्ता गरेको, पटक पटक प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउँदा पनि ध्यानाकर्षण न भएको हुँदा आज म यो संसार छोड्न बाध्य हुँदैछु ।

नेपाल सरकारसँग बाँच्ने आधार माग गरेकी हुँ, स्वास्थ्योपचार र जीविकोपार्जन देउ भन्दा मलाई लाश नै बनाउन खोजेको हो भने म सहजीकरण गरी दिन्छु तर मेरो लाश खुला आकाश (काठमाडौंको मुटु माइतीघर मणडला) मुनी हुनेछ, मेरो देशको अभिमान (झण्डा) फरफराउँदै गर्दा तेसैमा मेरो लाचार मृत शरीर झुण्डिने छ र मुख्य दर्शक मेरो देशको प्रधानमन्त्री प्रचन्ड सरकार हुनेछन् ।

म पीडितलाई राहत (क्षतिपूर्ति) दिएर जीवनदान दिन न सके पनि यो मेरो अन्तिम ईच्छा चाहिँ पूरा गरिदिनु होला मेरो झुन्डिएको मृत शरीर लाई नजिक आएर नियालिदिनु र यसैका लागि हिजो जनयुद्ध गर्नु भएको हो ? कृपया मेरो मृत शरीरलाई जवाफ दिनु होला ।
(प्रचण्ड) सरकारहरु

उही हजुरको वेवारिसे अनागरिक

आरती रावल गिरी

त्यसपछि उनी पोलबाटै फेसबुक लाइभमा आइन् । र हाम्फालेर आत्महत्या गर्ने बताइन् । प्रहरीले उनलाई त्यहाँबाट उद्धार गरेर अस्पताल लगेकाे थियाे ।

अहिले उनकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?