१५ बैशाख २०८१, शनिबार

ताजा खबर

राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा म्यानेजमेन्ट कन्फ्रेरेन्स

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

2126 views

2126 views

राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा म्यानेजमेन्ट कन्फ्रेरेन्स

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चूनौतीका विषयमा छलफल गर्न ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ आयोजना गरेको छ । बैंकले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएको चूनौतीलाई सम्बोधन गर्न र आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न कन्फ्रेरेन्सको आयोजना गरेको हो ।

कन्फ्रेरेन्सको उद्घाटन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारहरु निरन्तरताका आधारमा सञ्चालित भए पनि नीतिहरु आधारभूत रुपमा परिवर्तन नहुने बताएका छन् । यसैको आधारमा सरकारले नीति बनाएर सरकारले कार्य गर्ने बताउदै ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता हल्ला फैलाउने कुरा स्वीकार्य नहुने समेत बताए ।

 

‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छ,’ पुनले भने, ‘बैंकिङ्ग क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्छ ।’

अर्थ मन्त्रालयका सचिव ९राजश्व० डा। रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताउनुभयो । उहा“ले वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतिका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पू“जीगत खर्चको वृद्धि रहेको बताए ।

अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिती राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हु“दाहु“दै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको बताउनुभयो । उहा“ले अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउ“ भने रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको न्बउ ब्लबथिकष्क गर्नुृपर्ने बताउनुभयो । उहा“ले उत्पादनमुलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको बताए ।

बरिष्ठ बैंकर परशुराम कुँवरले हामीले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धरै कार्य गर्न बा“की रहेको बताउँदै भारतको बैंकिङ्ग प्रविधिबाट धेरै कुरा सिक्न सकिने बताए । बैंकिङ्ग क्षेत्रमा नवपवर्तनका लागि छिमेकी राष्ट्र चीन र भारतबाट सिक्न सकिने बताए ।

फिनटेक विज्ञ संजीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको बताए । उनले बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिको उपयोगको सन्दर्भमा कोर बैंकिङ्ग सिस्टमभन्दा बाहिर पनि सोच्ने बेला आईसकेको बताउनुभयो । आजको सन्दर्भमा साइबर सुरक्षा सम्बन्धी चुनौति रहेको र यसमा जतिसुकै खर्च गरेपनि कुनै पनि देश साइबर सुरक्षाको जोखिमबाट बच्न नसक्ने कुरा औल्याए ।

बरिष्ठ बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीब शाक्य लगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा आ।व। २०७९र०८० मा बैंकका विभिन्न जिम्मेवारीमा रहेर सर्वोत्कृष्ट तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखा कार्यालहरुको मनोबल बढाउन र समग्रमा कामप्रति उत्प्रेरणा जगाई थप जिम्मेवार बनाउन पुरस्कृत गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंक सञ्चालन समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कृयाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उप–प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, उप–प्रमुखहरु, बरिष्ठ प्रबन्धकहरु लगायत २८७ शाखाका शाखा प्रबन्धकहरु लगायत करीब ४५० जनाको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका