५ जेष्ठ २०८१, शनिबार

ताजा खबर

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

नागरिक पोष्ट

शनिबार, १५ बैशाख २०८१

1191 views

1191 views

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम(२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । 


सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम(२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । 

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका