१५ बैशाख २०८१, शनिबार

ताजा खबर

नेपाली महिला फुटबल टिमलाई नगदसहित सम्मान

नागरिक पोष्ट

शुक्रबार, १६ चैत्र २०८०

732 views

732 views

नेपाली महिला फुटबल टिमलाई नगदसहित सम्मान

काठमाडौं । एन्जल्स स्पोर्ट्स एकेडेमी, एन्जल्स हार्ट सेकेण्डरी स्कुल र एन्जल्स हार्ट नेशनल स्कुलको संयुक्त आयोजनामा हिजो एक कार्यक्रम गरी नेपाली महिला फुटबल टिमलाई नगदसहित सम्मान(पत्रबाट सम्मान गरेको छ ।

साउदी अरेबियाको जेद्दाहमा सम्पन्न ध्ब्ँँ ध्यmभल’क ऋजबmउष्यलकजष्उ फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि उप–विजेता भएको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु, कोचिङ्ग टिम, अफिसियल एवं फिजियो सहित ३१ जनालाई नगद सहित सम्मान गरेको छ ।

 

 


नगद सहयोग युके बस्ने टेक गुरुङको सक्रियतामा नेपाली महिला फुटबल फ्यानहरुले संकलन गरेको रकम एक लाख पचपन्न हजार एन्जल्स स्पोर्ट्सका डाइरेक्टर सन्जय गुरुङद्वारा नेपाली महिला फुटबल टोलीलाई हस्तान्तरण गरेको छ ।

 

युकेमा बसोबास गर्ने टेक गुरुङले नेपाली महिला टोलीलाई पठाउनु भएको सन्देशमा आगामी दिनहरुमा पनि नेपाली महिला टोलीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सम्मान कार्यक्रमका लागि हिजो तारकेश्वर ९ को एन्जल्स स्पोर्ट एकेडेमीमा भएको कार्यक्रममा एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम बहादुर थापा, एन्जल्स हार्ट माध्यमिक विद्यालयका प्रिन्सिपल धन बहादुर पुन र एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले हस्ताक्षर गरेको प्रमाणपत्र खेलाडीहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा एन्फा बोर्ड अध्यक्ष सरिला श्रेष्ठ मलेकुले युकेबाट नगद सहयोग संकलन गरेर पठाउने टेक गुरुङको टिमप्रति विशेष धन्यवाद प्रकट गरेकी छिन् । साथै युकेका नेपाली महिला फुटबल फ्यानहरुलाई समेत धन्यवाद दिएकी छिन् ।

 

कानर्यक्रममा तारकेश्वर प्यावशन अध्यक्ष तथा एन्जल्स हार्ट माध्यमिक विद्यालयका प्रिन्सिपल धनबहादुर पुनलेनेपाली खेल एवं खेलाडीहरुलाई एन्जल्स हार्टको निरन्तर सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो। त्यस्तै एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले विद्यालय स्तरको पाठ्यक्रममा खेल एवं अतिरिक्त क्रियाकलापको महत्व समावेश गर्नुपर्ने बताउनुभयो ।

एन्जल्स हार्ट स्पोर्टस एकेडेमीका अध्यक्ष खिम बहादुर थापाले सहभागीलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका