१६ बैशाख २०८१, आईतवार

ताजा खबर

महाजात्रा’ हेरेपछि ओलीले भने( १० मा साढे ) दिन्छु

नागरिक पोष्ट

मंगलवार, १३ चैत्र २०८०

1616 views

1616 views

महाजात्रा’ हेरेपछि ओलीले भने( १० मा साढे ) दिन्छु

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि सोमबार प्रतिक्रिया दिने क्रममा उनले १० मा ९ दशमलव ५ नम्बर दिने बताए । 

अध्यक्ष ओलीले भने,  ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०।५ घटाएँ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्न अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् ।’

 


फिल्म हेर्न ओली एमालेका ४० जना नेताको समूह लिएर सिनेमा घर पुगेका थिए । पत्नी राधिका शाक्यसहित ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका नेता सहभागी थिए ।  


अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित नेताको निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ ले दर्शकबाट राम्रो साथ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका