१६ बैशाख २०८१, आईतवार

ताजा खबर

क्रिस्टिनाले जितिन् ‘मिस वर्ल्ड २०२४’को उपाधि

नागरिक पोष्ट

आईतवार, ११ चैत्र २०८०

3010 views

3010 views

क्रिस्टिनाले जितिन् ‘मिस वर्ल्ड २०२४’को उपाधि

काठमाडौँ – ७१ औँ संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले हात पारेकी छिन् ।  भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औँ मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्।

२४ वर्षिया क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।

प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका