१५ बैशाख २०८१, शनिबार

ताजा खबर

कांग्रेसले उपनिर्वाचनका उम्मेदवार २० गते टुङ्ग्याउँछ : प्रवक्ता महत

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

1293 views

1293 views

कांग्रेसले उपनिर्वाचनका उम्मेदवार २० गते टुङ्ग्याउँछ : प्रवक्ता महत

काठमाडौँ  । नेपाली कांग्रेसले यही चैत २० गते उपनिर्वाचनका उम्मेदवारको टुङ्ग्याउने भएको छ ।

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेशसभा तर्फ बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि २० गते उम्मेदवार टुंगो लगाउने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।


कांग्रेस कोशी प्रदेशले ७ जना आकांक्षीको नाम केन्द्रमा पठाएको प्रदेश सभापति उद्धव थापाको भनाइ छ । ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको थापाले खबरहबलाई बताए ।

जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ रहेका छन् ।


कांग्रेस प्रवक्ता डा। महतका अनुसार २० गते संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर एक–एक जनाको नाम टुंगो लाग्नेछ । महतले खबरहबलाई भने, ‘२० गते फाइनल हुन्छ । छलफल चलिरहेको छ । सबै एक सय एक उम्मेदवार हुनुहुन्छ ।’

यता, पार्टी सभापति शेरबहादुर देउवा भने डम्बर खड्कालाई अगाडि सार्ने योजनामा छन् । यस्तै भेषराज आचार्य र केशव थापाको पनि सम्भावना उत्तिकै छ । ०७९ सालको आम निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग खड्का झिनो मतले पराजित भएका थिए । उनले कम्पार्ट पाएको भन्दै उनैलाई उम्मेदवार बनाउने योजनामा कांग्रेस छ ।

यता, नेकपा माओवादी केन्द्रले पनि  ४ जनाको नाम केन्द्रमा पठाएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ ।

नेकपा एमालेले भने स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाइसकेको छ ।

पहिचान पक्षबाट डकेन्द्रसिं थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । पहिचानकै नारा लिएर पत्रकार मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाउने चर्चा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले चैत १४ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।

डा। सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका