१६ बैशाख २०८१, आईतवार

ताजा खबर

ग्लोबल पिस फर प्रोस्परिटी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

5356 views

5356 views

ग्लोबल पिस फर प्रोस्परिटी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा यही चैत ८ देखि ९ गतेसम्म ‘ग्लोबल पिस फर प्रोस्परिटी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

सम्मेलन परराष्ट्र मन्त्रालय र अवैतनिक कन्सुलर कोर नेपाल (HCCN) को संयुक्त आयोजनामा ​​हुन लागेको हो । नेपालमा दूतावास नभएका १८ देशका राजदूत तथा प्रतिनिधि, नेपालका लागि विभिन्न देशका अवैतनिक महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी, परराष्ट्र मामिला तथा सम्पदाका विज्ञहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत लगानी बोर्ड, नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषका उच्च अधिकारीको पनि सहभागिता रहने छ ।

बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन, नेपालमा लगानी बढाउन र विश्वव्यापी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । नेपालमा लगानीका अवसर र पर्यटन सम्भावनाका बारेमा छलफल र प्रस्तुतीकरण गरिनेछ ।

एचसीसीएनका डीन विष्णुकुमार अग्रवालले लुम्बिनीलाई विश्वभरका करिब एक अर्ब बौद्धमार्गीसँग जोड्न र लुम्बिनीको सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । यो कार्यक्रमले नेपालमा लगानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका