१५ बैशाख २०८१, शनिबार

ताजा खबर

फागु पर्व विधिवत रुपमा सुरु

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

2398 views

2398 views

फागु पर्व विधिवत रुपमा सुरु

काठमाडौँ । यस वर्षको फागु ९होली० पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका अगाडि ध्वजापताकाले सजाइएको चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चिर ठड्याउने गरिन्छ ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।


चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका थिए । यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका