१५ बैशाख २०८१, शनिबार

ताजा खबर

आयात निर्यात तथ्यांक: ८ महिनामा १ खर्बभन्दा धेरैकाे निर्यात, १० खर्ब ५८ अर्ब रुपैयाँकाे आयात

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

2721 views

2721 views

आयात निर्यात तथ्यांक: ८ महिनामा १ खर्बभन्दा धेरैकाे निर्यात, १० खर्ब ५८ अर्ब रुपैयाँकाे आयात

काठमाण्डाै – आठ महिनामा नेपालबाट एक खर्ब रुपैयाँभन्दा धेरैको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको हो । तर यो गएको आर्थिक वर्षको आठ महिनाको तुलनामा चार प्रतिशतले कम हो ।

यस्तै साउनदेखि फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गएको वर्षको आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । आयात दुई दशमलव ६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।

आठ महिनामा नेपालकाे व्यापार घाटा नाै खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका