१९ आश्विन २०८१, शनिबार

ताजा खबर

रौतहटको राजदेवी नगरपालिकाद्धारा बाढी पीडितहरूको घर-घरमा राहत बितरण

नागरिक पोष्ट

बिहीबार, १७ आश्विन २०८१

1429 views

1429 views

रौतहटको राजदेवी नगरपालिकाद्धारा बाढी पीडितहरूको घर-घरमा राहत बितरण

रौतहट को राजदेवी नगरपालिकाले बिपदको घडिमा पीडित नगरबासिलाई सहयोग गर्ने सुरक्षा निकायका प्रतिनिधि ,विभिन्न दातृ निकाय लगायत सम्पुर्ण सहयोगी हातहरुमा धन्यवाद ज्ञापन गर्दै

रौतहटको राजदेवी नगरपालिकाले बाढी पीडितहरूको घर-घरमा न पा का जन प्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी, कृषि तथा पशुप्राविधिक र नगर प्रहरीको टोली पठाएर तत्काल राहतका लागि प्राथमिक जाँच र सहायता प्रदानको सेवा सुचारु गरेको छ। पहिलो चरणको राहत बितरण कार्यक्रम समपन्न गराएको नपाले दोस्रो चरणमा पुनः राहत तथा क्षतिपूर्ति सम्बन्धी विस्तृत जानकारी संकलन गर्ने कार्य अगाडि बढाएको छ।

जानकारी संकलन पश्चात प्रक्रिया पूरा भएपछि पुनः दोस्रो चरणमा राहत उपलब्ध गराइने मेयर भिखारी यादव बाट जानकारी प्राप्त भएको छ। यसका साथै बाढीका कारण फैलिन सक्ने महामारी तथा स्वास्थ्य समस्याको निवारणका लागि दुईवटा Rapid Response Team समेत परिचालन गरी नगरवासी माँझ पुर्याइएको मेयर यादबको भनाई छ। टोलीले पीडितहरूको स्वास्थ्य अवस्था, क्षति, र आवश्यकताहरूको विवरण संकलन गरिरहेको छ, जसको आधारमा उपयुक्त सहयोग र क्षतिपूर्ति प्रदान गरिनेछ। यो प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ, र त्यसपछि प्रभावितहरूलाई अझ प्रभावकारी रूपमा सहयोग गर्न सकिने आफ्नो बिश्वास रहेको कुरा राजदेवी नगर पालिका का स्वास्थ य सन्योज्क रमाकान्त यादबले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?