१९ आश्विन २०८१, शनिबार

ताजा खबर

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

मंगलवार, १५ आश्विन २०८१

1259 views

1259 views

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

काठमाडौंकाे कमलपाेखरीमा रहेकाे केन्द्रीय कार्यालय, विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

उनले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?