१९ आश्विन २०८१, शनिबार

ताजा खबर

यो साता २६.३५ अंकले घट्दै २९ सय ७४.४६ विन्दुमा झर्‍याे नेप्से

नागरिक पोष्ट

शनिबार, ८ भाद्र २०८१

2024 views

2024 views

यो साता २६.३५ अंकले घट्दै २९ सय ७४.४६ विन्दुमा झर्‍याे नेप्से

काठमाडाैं, ८ भदौ । यस साता सेयर बजार मापक नेप्से परिसूचक २६.३५ अंकले घटेकाे छ । तीन दिन मात्र सेयर कारोबार भएको यस नेप्से परिसूचक २६.३५ अंकले घट्दै २ हजार ९ सय ७४ दशमलव ४६ विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो ।

अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो ।

यस्तै यो साता धितोपत्र बजारमा कारोबार रकम गत साताभन्दा ६१ अर्ब २ करोड १५ लाख रुपैयाँभन्दा बढीले घटेको छ ।

गत साता कारोबार रकमले रेकर्ड ब्रेक गर्दै १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता ६६ अर्ब ९० करोड ४० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?