१९ आश्विन २०८१, शनिबार

ताजा खबर

शेयर कारोबारमा ऐतिहासिक रेकर्ड, २६.२५ अंकले बढ्याे नेप्से

नागरिक पोष्ट

बुधबार, १६ श्रावण २०८१

3588 views

3588 views

शेयर कारोबारमा ऐतिहासिक रेकर्ड, २६.२५ अंकले बढ्याे नेप्से

काठमाडौं, १६ साउन । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएकाे छ । आज नेप्से परसिूचक २६.२५ अंकले बढेर २७ सय ६० दशमलव ९० विन्दुमा पुगेकाे छ ।

आज एकैदिन ५ करो ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबे हुँदा २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । याे काराेबार रकम आज सम्मकै सबैभन्दा धेरै हाे ।

यस दिन बजारमा कुल १९१ कम्पनीको सेयर मूल्य बढेको छने ४४ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सबै उपसमुहहरू बढेका छन् । सबै भन्दा बढी फाइनान्स ८.०८ प्रतिशत र विकास उपसमुह ६. ८९ प्रतिशतले बढेका छन् ।

यसदिन ८ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?