२० आश्विन २०८१, आईतवार

ताजा खबर

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

नागरिक पोष्ट

शुक्रबार, ११ श्रावण २०८१

4081 views

4081 views

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको गएराति निधन भएको हो। मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आएका मेयर नकर्मी पछिल्लो १ महिनायता स्वास्थ्य अवस्था गम्भिर बनेको थियो।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?