२० आश्विन २०८१, आईतवार

ताजा खबर

१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन

नागरिक पोष्ट

सोमबार, ७ श्रावण २०८१

4064 views

4064 views

१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको नवनिर्मीत प्रशासनिक भबन
आइतबार उदघाटन गरिएको छ । उपप्रधानमन्त्री एव शहरी विकास मन्त्री प्रकाशमान सिंह र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले आज संयुक्त रुपमा भबनको उदघाटन गर्नुभएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीमा निर्माण भएको उक्त भबन ६ रोपनी १ आना क्षेत्रफलमा फैलिएको छ । जिल्ला समन्वय समिति काठमाण्डौंको १० करोड र तारकेश्वर नगरपालिकाको ७ करोड १ लाख ५० हजार गरि कुल १७ करोड १ लाख ५० हजार रुपयाँको लगानीमा भबन निर्माण भएको हो ।

नवनिर्मीत भबनको उदघान गदै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आधुनीक भबनको उदघाटनसंगै जनतालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
तारकेश्वरमा नयाँ नेतृत्वसंगै विकासका कामले तिब्रता पाएको बताँउदै उपप्रधानमन्त्री सिंहले परम्परा र सम्पदालाई जोगाएर मात्र विकासका कार्य गर्न नगरपालिकालाई सुझाब दिनुभयो ।
जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकार भनेको स्थानीय सरकार रहेको बताँउदै उपप्रधानमन्त्री सिंहले स्थानीय सरकारलाई सु–व्यवस्थीत गदै जनताका दुखेसोहरुलाई अन्त्य गर्नका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताँउदै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य एवंं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले तारकेश्वर नगरपालिका क्षेत्रमा बस्ती विकास भइरहेको बताँउदै तारकेश्वर नगरपालिकालाई व्यवस्थीत शहर बनाउन योजना सहित लाग्न नगरपालिकालाई सुझाब दिनुभयो ।
नेता प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहज रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । तारकेश्वर नगरपालिमा बिजयी भएर आएसंगै गरिएका प्रतिबद्धता पुरा गराउनका लागि नगरपालिका लागि परेको बताँउदै नगरप्रमुख महर्जनले आफुले गरेको प्रतिबद्धता कार्यकालभरी पुरा गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाबाट भएका काम कारबाहीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख रामेश्वर बोहराले नगरपालिकाको नवनिर्मीत भबन जस्तै प्रशासनीक क्षेत्रमा पनि सुधार गरेर अगाडी बढन सुझाब दिनुभयो ।
नगरपालिकाको विकासमा जनप्रतिनिधि र कर्मचारीको भुमिका महत्वपुर्ण रहने बताँउदै पुर्व नगरप्रमुख बोहराले कानुनको उल्लंघन नहुने गरी व्यवहारीकतालाई कानुनमा ढालेर नगरपालिकाको हितमा काम गर्नका लागि कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो “कर्मचारीहरुले जिम्मेवारीको कुर्सीमा बस्दा टेबलमा किताब राखेर पढेर काम गर्नुहुन्छ । जनप्रतिनिधिहरुले चाँही जिम्मेवारीको साथै व्यवहारको पिर्का पनि राखेर कुर्सीमा बसेको हुन्छ । कानुनको किताब मात्र पल्टाएर व्यवहारका कुरा नहेरीदिने हो भने त्यो अन्दरो बन्दरो हुन्छ । त्यसैले कानुनलाई उल्लघ नहुने गरी व्यवहारीकतालाई कसरी कानुनमा ढालेर लैजाने भनेर समन्वय गरेर काम गर्नका लागि म कर्मचारीहरुलाई अनुरोध गर्दछु ”
कार्यक्रममा बिभिन्न स्थानीय निकायका प्रमुख, उपप्रमुख, राजनैतिक दलका नेताहरु लगायत जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?