१९ आश्विन २०८१, शनिबार

ताजा खबर

धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

3622 views

3622 views

धितोपत्र बोर्डको अध्यक्षमा महेश बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् ।

 

बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर पदबहाली गरेका हुन् ।

साउन २ गतेको अर्थ मन्त्रालयको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)का भन्सार प्रमुखका रुपमा कार्यरत छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था रहेको छन् ।

गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?