१९ आश्विन २०८१, शनिबार

ताजा खबर

अविरल बर्षाले बढ्यो तरकारीको मूल्य, गोलभेँडा र काउली प्रतिकिलो १०० रुपैयाँ

नागरिक पोष्ट

आईतवार, २४ असार २०८१

2670 views

2670 views

अविरल बर्षाले बढ्यो तरकारीको मूल्य, गोलभेँडा र काउली प्रतिकिलो १०० रुपैयाँ

काठमाडाैं, २३ असार । केहिदिन देखिकाे अविरल वर्षाले कालीमाटीमा अधिकांश तरकारीको भाउ बढेकाे छ । वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि तरकारीकाे मूल्य आकाशिएकाे हाे ।

शुक्रबार प्रतिकिलो ७६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्वदेशी ठूलो गोलभेडामा १८.३३ रुपैयाँले बढेर आइतबार अधिकतम १०० र औषत ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेँडा ६५ रुपैयाँ छ । शुक्रबार सानाे गाेलभेडा ४८ रूपैयाँ प्रतिकेजिमा बिक्रि भएकाे थियाे ।

यस्तै शुक्रबार प्रतिकिलो २८.३३ रुपैयाँमा बिक्री भएको सानो स्वदेशी गोलभेडा आइतबार ५५ रुपैयाँमा बिक्री भएको छ ।

 यस्तै आइतबार बन्दामा प्रतिकिलो २२ रुपैयाँ बढेर ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ भने स्थानीय काउली प्रतिकेजी ९५ रूपैयाँमा बिक्रि भएकाे छ ।

यस्तै तने बोडीको भाउ अधिकतम प्रतिकिलो ७०, घिउ सिमी १२०, तिते करेला १००, लौका ८०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो २५०, ब्रोकाउली ३००, परवर ५०, घिरौंला ८०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको  छ भने प्याज ९० तथा रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?