१९ आश्विन २०८१, शनिबार

ताजा खबर

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नागरिक पोष्ट

आईतवार, २४ असार २०८१

2568 views

2568 views

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।

पोखरेललाई गए राति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात् वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्‍याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।


मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?