१९ आश्विन २०८१, शनिबार

ताजा खबर

नेपाल आइडल करणलाई भेटेर प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

नागरिक पोष्ट

बुधबार, १३ असार २०८१

4693 views

4693 views

नेपाल आइडल करणलाई भेटेर प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

काठमाण्डाैँ । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ दिएका छन्।

 

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिनुभएको छ। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?