२४ असार २०८१, आईतवार

ताजा खबर

बद्रि उप्रेतीको चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

9113 views

9113 views

बद्रि उप्रेतीको  चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो‘ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं  स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमाती कृतिहरुको विमोचन गरिएको हो।

कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधिदाहाल , लिलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा , बरिष्ठ साहित्यकार तथापत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरु सारदा आचार्य गौत्तम,  गंगाआचार्य सेढाईं, प्रा डा गोविन्द सिंह कार्कीं, नारि श्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई विभिन्न माध्यमबाटको बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए । त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिकावारेमा साहित्यकारहरुले उर्जाशिल र मुक्तककारका रुपमा रहेका र्सिजनशिल सष्ट्रा नवशिला रहेको उपस्थित सष्ट्राले बताए ।

कार्यक्रममा ‘चिराइतो’मुक्तक को समीक्षा गर्दै प्रा.डा गोविन्द मान सिंह कार्कीले बद्रि उप्रेतीको साहित्यिक यात्राको प्रशंसा गरे । उनले उप्रेतीमा समकालीन साहित्यकार तथा मुक्तकारहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशीपाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने ्, खुशीप्राप्तगर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधनापनि रहेछ भन्ने बद्रि उप्रेतीबाट सिक्न सकिन्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका