बुधबार, ७ चैत्र २०८०
11901 views
11901 views
काठमाण्डौ – सरकारले किशोरीलाई पाठेघरको मुखमा क्यान्सरविरुद्धको 'एचपीभी' खोपको दोस्रो मात्रा लगाउन शुरु गरेको छ ।
यसअघि खोपको पहिलो मात्रा लगाएका नौ हजार नौ सय ९९ जना किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी सरकारले गरेको छ ।