आईतवार, २५ फाल्गुन २०८१
1140 views
1140 views
काठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोहमा समाजसेवी तथा विमाविज्ञ रूका पाण्डेलाई सम्मानित गरिएको छ।
समाज रूपान्तरण र सामाजिक तथा विमा र शिक्षा सेवामा समर्पित योगदानको कदर गर्दै पाण्डेलाई शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय पाण्डेले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा अन्य विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन्।
सम्मान ग्रहण गर्दै पाण्डेले समाजसेवामा अझ उत्साहका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले यस सम्मानलाई आगामी दिनमा थप प्रेरणा र जिम्मेवारीको रुपमा लिने बताइन्।