२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा महिलाहरुलाई सम्मान

नागरिक पोष्ट

आईतवार, २५ फाल्गुन २०८१

222 views

222 views

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा महिलाहरुलाई सम्मान

काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरी मनाएको छ ।

यस वर्षको नारा, “सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण“ बिषय बस्तुमा आफ्‌नो ऐक्यवद्धता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा संचालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उनीहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मानित गरे ।

प्रत्येक वर्ष मार्च ८ मा, विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच मार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्येश्य समावेश छ ।

प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, मिडिया पर्सनालिटी तथा उद्यमी सरिता श्री ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी पलेशा गोवर्धन, ह्याप्पी माइन्ड्सकी संस्थापक तथा २०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत श्रेया गिरी, उद्यमी सङ्गीता पाण्डे, टेक विजनेश क्षाेत्रकी सोनिका मानन्धर र नेपाल महिला उद्यमी संघ, ललितपुरकी रम्भा श्रेष्ठ  रहेका छन् ।

प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा प्राेडक्टहरु संगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ । जसले पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमपनि प्रदान गर्दछ भने सेवा मध्ये शेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ ।

“महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलको “प्रभु ऐश्वर्या योजना” पिएमएस योजना समेत सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?