२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा "महिला योगदान सम्मान"११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित

नागरिक पोष्ट

आईतवार, २५ फाल्गुन २०८१

273 views

273 views

फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा "महिला योगदान सम्मान"११५ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ ।

फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको योगदानको कदर गर्दै गृहिणी महिला संघ नेपालले उहाँलाई सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संघले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रबन्ध निर्देशक महरासहित १० जना महिलालाई सम्मान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको बाहुलीबाट उहाँहरूलाई सम्मान गरिएको संघकी अध्यक्ष अमृता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मानित हुनुहुने अन्य महिलाहरूमा शिक्षातर्फ शिक्षाविद् याङ्किला सी लामा, कलाकार (लोक÷परम्परागत गायक) तर्फ झुमा वानेम लिम्बु, कलाकार (टेलिभिजन÷चलचित्र) तर्फ लुनिभा तुलाधर र खेलकुदतर्फ फुटबलर कृति राई हुनुहुन्छ । यसैगरी, कवि लक्ष्मी श्रेष्ठ, पत्रकार छहरा दवाडी (एनटीभी), अभिनेता निशा अधिकारी, स्वास्थ्य परामर्शदाता प्रेना शाह, लाइफ कोच अनुसया श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. दीपा खनाल (अटिजम विशेषज्ञ) लाई पनि संघले सम्मान गरेको छ ।

संघले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने १० जना महिलाहरूलाई सम्मान गर्दै आएको छ ।

फेसियल हाउसबारे

काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

 

यसैगरी, नेपालीहरूको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य राखेको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सलुनको अवार्ड समेत पाइसकेको छ ।

नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ ।

सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?