९ फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

नागरिक पोष्ट

बिहीबार, ८ फाल्गुन २०८१

1021 views

1021 views

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

कञ्चनपुर  । शुक्लाफाँटा नगरपालिका– १० मा  बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनुका साथै औषधि वितरण पनि गरिएको अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए ।


उनले मोतिबिन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रुपमा गरिने बताए ।

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो । शिविरमा नेत्र परीक्षण गराउने मध्येमा ७५ प्रतिशत महिला थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?