मंगलवार, २९ माघ २०८१
817 views
817 views
काठमाण्डौको कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विष्फोटमा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।
हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।गत बिहीबार उक्त मःम पसलमा ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । अन्य ९ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।