३० माघ २०८१, बुधबार
ताजा खबर

आजको प्रतिनिधिसभाको बैठकमा ,प्रतिपक्षी दलद्वारा अवरोध ।

नागरिक पोष्ट

मंगलवार, २९ माघ २०८१

1089 views

1089 views

आजको प्रतिनिधिसभाको  बैठकमा ,प्रतिपक्षी दलद्वारा अवरोध   ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गरेका थिए । आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति गरेका थिए । 

उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे । यो खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरे । यता, उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् । उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् ।त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?