बुधबार, ९ माघ २०८१
1072 views
1072 views
तिर्थ नेपाली, काठमाण्डौ माघ ९ गते । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले निर्वाचन आयोगलाई ध्यानआर्कषण पत्र बुझाएका छन्। बुधबार निर्वान आयोग नेपालमा निर्वाचन प्रणालीमा दलितको समानुपातिक समावेशीता सुनिश्चिता गर्ने व्यवस्था कायम भएको छैन । निर्वाचन आयोगले तयार पारेको एकीकृत निवार्चन सम्बन्धी विधेयकमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको छैन ।
भन्दै ३ बुद्धे माग पेस गरेको नागरिक पोष्टलाई जानकारी गराएका हुन् । जसमा निम्न निम्न कुराहरु रहेका छन् ।
१) एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकत निर्वाचन ऐन जारी गरिनुपर्छ ।
२)दलितको समानुपातिक प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्छ । अर्को बिकल्प निर्वाचन क्षेत्र आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार दिइनुपर्छ र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।
३) स्थानीय तहको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्छ ।
सुनारले ४५ दिन सम्म माईतीघर मण्डलमा धर्ना गरेका थिए उनका अनुसार दलित अभियानका युवाहरू प्रदेश हुँदै प्रत्येक जिल्ला कार्यालयमा दलितलाई खैु भन्दै सरकारलाई सोध्नेछ। असोज ३ मा पुन काठमाडौंमा प्रदर्शन गर्ने तयारी छ।
सरकारलाई जबाफदेही बनाउने र दलितका लागि देखिने गरी काम गर्न दबाब दिने उनले बताए। यो संगै आइतबार उनी शितल निवासमा समेत गएर दबाब दिने बताएका छन् । सरकारले वार्ता टुंग्याउने मनसायमात्र बनाइरहेको छ। काम गर्ने प्रतिबद्धता व्यक्त नगरेसम्म आन्दोलन चलिरहेको उनको भनाइ छ।