मंगलवार, २३ पुष २०८१
375 views
375 views
काठमाडौं । राष्ट्रिय युवा परिषद् भक्तपुरको सहयोग तथा आई।सी।टी। पत्रकार विकास मञ्चको आयोजनामा ५ दिने निशुल्क आधारभूत फोटोग्राफी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको पहिलो दिन प्रशिक्षक अनिल क्षेत्रीले फोटोग्राफी सम्बन्धी आधारभूत ज्ञान प्रदान गरेका थिए। फोटोग्राफीको इतिहासबारेमा अच्युत ओझाले प्रकाश पारेका थिए । भने फोटोको महत्व र यसको आवश्यकता बारे वरिष्ठ पत्रकार श्री राम पुडासैनीले विस्तृत रुपमा बताउनु भएको हो ।
५ दिन सम्म संचालन भएको तालिममा फिल्ड अभ्यास अर्न्तगत सहभागीहरूलाई बाहिरको वातावरणमा क्यामेरा ह्यानडलिङ र अपनाउनु पर्ने विधीका बारेमा प्रशिक्षण दिएको थियो। कार्यशाला गतिविधि सामूहिक अभ्यासमार्फत सहभागीहरूलाई विभिन्न कोणबाट फोटो खिच्ने कलाबारे जानकारी दिइएको हो । चौथो दिन स्वतन्त्र अभ्यास प्रत्येक सहभागीले व्यक्तिगत रूपमा क्यामेरा प्रयोग गरी तस्बिर खिच्ने अभ्यास गरका हुन्। कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं। १६ बाट प्रतिनिधित्व गर्दै शारदा पौडेलले यस्तो तालिमले आजको सुचना प्रविधिको युगमा फोटोग्राफीको बढ्दो माग संगै युवा र समुदायलाई पनि लाभ दिने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
सिद्धि गणेश माविका प्रधानाध्यापक मधुलाल गौतमले विद्यालयमा तालिम आयोजना गरिएकोमा खुशी व्यक्त गरे।
कार्यक्रमको बारेमा संस्थाका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेले जानकारी गराए भने कार्यक्रमको सञ्चालन सावित्री बस्नेतले गरेकी थिईन् । सहभागीहरूले तालिम जिवन उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
यो तालिमले फोटो खिच्ने कला मात्र नभई यसलाई व्यवसायिक रूपमा विकास गर्न सकिने सम्भावनाहरू समेत उजागर गरेको छ। कार्यक्रममा विभिन्न सघंसस्थाका पदाधिकारीहरु संस्थाका सल्लाहाकार तथा समाजसेवी यादब कोईराला,पत्रकार कृष्ण राज तिमल्सिना लगायतको बाक्लो उपस्थित रहेको थियो ।