२४ पुष २०८१, बुधबार
ताजा खबर

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

नागरिक पोष्ट

मंगलवार, २३ पुष २०८१

1055 views

1055 views

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गी कान्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।


भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।

चीन भन्छ– ६.८ म्याग्निच्युड मापन


चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) लाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाए अनुसार चीनमा यो भूकम्पको मापन ६.८ म्याग्निच्युड मापन गरिएको छ ।

चिनियाँ समय अनुसार मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा सिझाङ स्वायत्त प्रान्तको सिगात्सेस्थित डिंग्री काउन्टीमा भूकम्पको केन्द्रविन्दु रहेको छ । चीन र नेपालको समय करिब २ घण्टा १५ मिनेट फरक छ ।

भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको र भूकम्प १० किलोमिटर गहिराइमा गएको (सीईएनसी) ले जनाएको सिन्ह्वाको समाचारमा चाइना डेलीमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?