१९ चैत्र २०८१, बुधबार
ताजा खबर

नेपाल एसबिआई बैंक लिमिटेडको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तरण

नागरिक पोष्ट

मंगलवार, ९ पुष २०८१

3707 views

3707 views

नेपाल एसबिआई बैंक लिमिटेडको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तरण

काठमाडाैं, ९ पुस । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त, राम कुमार तिवारी, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए ।

हाल यस बैंकले आफ्ना १०० पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ BLBs, ७ प्रदेश कार्यालय, १२२ एटिएम र एक कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?