१२ पुष २०८१, शुक्रबार
ताजा खबर

आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि लागू हुँदै

नागरिक पोष्ट

बिहीबार, १३ मंसिर २०८१

1038 views

1038 views

आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि लागू हुँदै

काठमाडौं । आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार अवधि आज मध्यरातबाट सकिँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज राति १२ बजेबाट निषेधित अवधि लागू हुने भएकाले कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । उक्त अवधिमा उम्मेदवार वा अरु कसैले कुनै पनि माध्यमबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

आयोगले मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन गर्दैछ ।

स्थानीय तहमा रिक्त ४४ मध्ये तीनवटामा निर्विरोध भइसकेकाले अब ४१ स्थानमा मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?