आईतवार, २५ कार्तिक २०८१
2211 views
2211 views
सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनेटामा भएको जिप दुर्घनाका घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।
घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।
जिप सडकबाट करिब २ सय मिटर तल खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।