११ पुष २०८१, बिहीबार
ताजा खबर

लेमन ट्रि प्रिमियरमा सिटिजन्स बैंकका ग्राहकलाई २० प्रतिशत छुट

नागरिक पोष्ट

शुक्रबार, २३ कार्तिक २०८१

2058 views

2058 views

लेमन ट्रि प्रिमियरमा सिटिजन्स बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेमन ट्रि प्रिमियर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई बुढानीलकण्ठ, काठमाडौं स्थित विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्रि प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास आफूहरूले लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?