बिहीबार, २२ कार्तिक २०८१
1480 views
1480 views
काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को दशौं संस्करण एनपीनग १० (npNOG-10) आगामी २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ। यस कार्यक्रममा नेटवर्किङ र सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको छ।
चारदिने कार्यशालामा नेटवर्क अटोमेशन र एडभान्स्ड राउटिङसम्बन्धी विधाहरू एपनिकबाट र इन्ट्रोडक्शन टु कन्टेनेराइजेशन सम्बन्धी विधा एनपीनगका प्रशिक्षकहरुबाट उपलब्ध गराइने जानकारी दिएको छ।
यस वर्षको पाठ्यक्रम सामग्री हालको नेटवर्क सिस्टम इन्जिनियरहरुका मागलाई सम्बोधन गर्नेगरी तयार गरिएको छ। २५-२८ नोभेम्बरसम्म कार्यशाला पछि २९ नोभेम्बरमा एक दिवसीय सम्मेलन आयोजना गरिनेछ।
रजिस्ट्रेशनमा २० प्रतिशत छुट र विशेष छात्रवृत्ति
नेपालको इन्टरनेट पूर्वाधारलाई सहयोग पुर्याउने एनपीक्स, एनआरईएन, र आइस्पानका सदस्यहरुलाई विशेष २० प्रतिशत छुट प्रदान गरिएको छ जुन नोभेम्बर १०, २०२४ सम्म मान्य हुने आयोजकले जनाएको छ।
रजिस्ट्रेशन अनलाइनमार्फत निम्न लिंकमा उपलब्ध छ: