६ पुष २०८१, शनिबार
ताजा खबर

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

नागरिक पोष्ट

बुधबार, २१ कार्तिक २०८१

1497 views

1497 views

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् । सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए ।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे।

उनले भने, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?