६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने

नागरिक पोष्ट

बुधबार, ९ आश्विन २०८१

1446 views

1446 views

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने

काठमाण्डाैँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।


सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र बुद्ध एयरको तर्फबाट निर्देशक (Marketing Sales/Ground Handling) श्री रुपेश जोशीज्यूले हस्ताक्षर गर्नुभयो ।

सम्झौता बमोजिम बैंकका ग्राहक महानुभावहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ । बैंकका ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ ।

नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहक महानुभावहरुलाई विशेष गरी आउदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, ग्राहक महानुभावहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?