७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सुरू

नागरिक पोष्ट

शनिबार, २६ श्रावण २०८१

2976 views

2976 views

लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सुरू

नुवाकोट l गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटसहित रसुवामा सप्ताहव्यापी खोप अभियान सुरू भएको छ ।

 

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा रामप्रकाश प्रधानले शुक्रबार विदुर नगरपालिका–६ स्थित मल्ल बहुउद्देश्य कृषि फार्ममा पालन गरेका भैँसीमा खोप लगाएर सुरु गरे ।

जन्मेको तीन महिनाभन्दा माथिका बिरामीबाहेक सबै गाईभैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको प्रधानले जानकारी दिए । दुई जिल्लाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई निःशुल्क खोप लगाउन १० हजार डोज खोपसहित ३१ जना खोपकर्ता परिचालन गरिएको उनले बताए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?