७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो (तस्बिरहरू)

नागरिक पोष्ट

बिहीबार, २४ श्रावण २०८१

2024 views

2024 views

हेलिकप्टर दुर्घटनामा परेका सबैको शव घटनास्थलबाट उठाइयो (तस्बिरहरू)

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका पाँचैजनाको शव काठमाडौं ल्याइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको उद्धार टोलीले पाइलट अरुण मल्ल र चारजना चिनियाँ पर्यटकको शव घटनास्थलबाट निकालेका हुन्।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलबाट निकालेर सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।

एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनामा परेको थियो ।


त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?