७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनकोशीमा झोलुङ्गे पुल बनेपछि डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता हट्यो

नागरिक पोष्ट

शुक्रबार, १८ श्रावण २०८१

3316 views

3316 views

सुनकोशीमा झोलुङ्गे पुल बनेपछि डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता हट्यो

खोटाङ  ।  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त  तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । 


पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए ।

 पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?