७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रिय युवा संघ नेपाल काभ्रेले शिर्जनसिल कार्य गर्दै, उत्कृष्ट युवाहरुलाई सम्मान, यस्ताे छ प्रकृया

नागरिक पोष्ट

बुधबार, १६ श्रावण २०८१

6070 views

6070 views

राष्ट्रिय युवा संघ नेपाल काभ्रेले शिर्जनसिल कार्य गर्दै, उत्कृष्ट युवाहरुलाई सम्मान, यस्ताे छ प्रकृया

काभ्रे । राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले विभिन्न विधाका उत्कृष्ट युवालाई सम्मान गर्ने भएको छ । शैक्षिक, कृषि, खेलकुद, स्वास्थ्य, वन वातावरण र पर्यटन, उद्यमशीलता, बैंक वित्तीय, विज्ञान तथा सुचना प्रविधि, कला सँस्कृति र साहित्य, पत्रकारीता लगायतका क्षेत्रबाट उत्कृष्ट १५ जना युवालाई सम्मान गर्न लागिएको युवा संघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीका अध्यक्ष इश्वरबल्लभ सापकोटाले जानकारी दिए ।

भाद्र २९ गते विशेष कार्यक्रमकाबीच जिल्लाका उत्कृष्ट युवालाई सम्मान गरिनेछ । सम्मान कार्यक्रममा सहभागी हुनका लागि युवा संघ जिल्ला कमिटीले अवेदन आह्वान गरेको छ । प्राप्त आवेदन मध्येबाट छनौट समितिले उत्कृष्ट युवा चयन गर्नेछ । ४० वर्षभन्दा कम उमेरका काभ्रेका स्थायी बासिन्दा युवा सम्मान-२०८१ मा सहभागी हुन पाउनेछन् । बसाईसराईको हकमा भने बसाईसराई प्रणाण पत्र आवश्यक हुनेछ । सहभागी हुन चाहेको विधाको आधारहरु समेत भर्नुपर्नेछ । सम्मान कार्यक्रममा सहभागी हुन इच्छुकले अनलाईन आवेदन दिन सकिनेछ ।

अनलाईन आवेदन फारम  लिंक

https://me-qr.com/ycHeJALc 


भाद्र १६ गतेसम्म फारम भर्न सकिनेछ । सफल युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई पनि कार्यक्रममा समेटिनेछ । युवा सम्मान कार्यक्रम युवाहरुको सशक्तिकरण र समृद्धिको माध्यम बन्ने विश्वास लिइएको छ । यस्तै युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई अरु युवालाई समेत हौसला बन्ने अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रमले युवाहरु समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट नेतृत्व गरिरहेका छन् भन्ने उदाहरण समेत दिने उनको भनाई छ । स्वदेशमै सम्भावना देखाउने कार्यक्रमका रुपमा समेत युवा सम्मेलनलाई लिइएको भन्दै उनले वैदेशिक रोगजारीका लागि विदेशिने क्रमलाई रोक्ने समेत कार्यक्रम सहयोगी बन्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?