३ आश्विन २०८१, बिहीबार

ताजा खबर

केरला पहिरो : मृत्यु हुनेकाे संख्या १७५ पुग्याे, २२० बेपत्ता

नागरिक पोष्ट

बुधबार, १६ श्रावण २०८१

2398 views

2398 views

केरला पहिरो : मृत्यु हुनेकाे संख्या १७५ पुग्याे, २२० बेपत्ता

काठमाडाैं । केरलाको वायनाडमा भारी वर्षापछि पहिरोमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ । यस्तै २२० जना बेपत्ता भएका छन् भने १३१ जना घाइते छन् ।

सोमबार बिहान मुण्डक्कै, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँमा पहिरो खसेको थियाे ।

केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ ।

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्।

अहिले पनि भारी वर्षा जारी रहेकाले उद्धार कार्यमा समस्या आइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?