७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एक वर्षमा वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात

नागरिक पोष्ट

मंगलवार, १५ श्रावण २०८१

2908 views

2908 views

एक वर्षमा वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले भारततर्फ १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हाे ।

यता गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ ।शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा उक्त विद्युत आयात गरेको हाे ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमलाई प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा बिक्री गरिरहेको छ ।

अघिल्लाे आर्थिक वर्ष २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?