२३ भाद्र २०८१, आईतवार

ताजा खबर

कृषि कर्मबाट लखपति भए पूर्व वडाध्यक्ष महर्जन

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

2823 views

2823 views

कृषि कर्मबाट लखपति भए पूर्व वडाध्यक्ष महर्जन

काठमाडौं ।  किर्तिपुर नगरपालिका - ६ का पूर्व वडाध्यक्ष न्हुच्क्षे बहादुर महर्जनको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । दुई वर्षदेखि व्यावसायीक रुपमा पशुपालन तथा कृषि पेशा गदैँ आएका महर्जनले कुखुरा, हाँस, मौँरीका साथै गाईपालन गदैँ आएका छन् । त्यतिमात्रै नभएर उनले १४ रोपनी क्षेत्रफलमा लगाएकाे तरकारी अहिले उत्पादन भईरहेकाे छ । उक्त फाममा यतिबेला भन्टा, खुर्सानी, बन्दा, करेला, टमाटरले धमाधम आम्दानी दिरहेकाे छ । 
 
उनले फार्मकाे नाम पनि "दाजुभाई एग्राे फार्म" राखेका छन् ।महर्जनले उक्त फार्ममा अहिले तरकारीका साथै विभिन्न प्रकारका फलफुल समेत फलाएका छन् । उनकाे कृषि फाममा वेमौसमी फलफूल जस्तै काफल, अम्बा, कटुस, हलुवावेद, सुन्तला, कागती, जुनार, लप्सी, लगायतका फलफुल लहलहाएकाे छ । 

बाल्यकालदेखि नै कृषि पेशा रूचाउने महर्जनले तरकारी मात्रै हाेईन माछापालन समेत गरेका छन् । “मासिक डेढ लाख आम्दानी हुने गरेकाे छ, दुई वर्षकाे अवधिमा करिब ३० लाख आम्दानी गरे ”, महर्जनले भने, “उत्पादन गरेकाे तरकारी लैजान व्यापारी फार्ममा नै आउने गरेका छन् ।”  फार्म हेर्न विभिन्न स्थानबाट मानिसहरू आउने गरेकाे उनी बताउँछन् ।

“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, महर्जनले भने, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।”

जीविकोपार्जनका लागि स्वदेश वा विदेशमै रोजगारी नै गर्नु पर्दछ भन्ने मान्यतालाई चुनौती दिंदै आफैंले व्यावसायिक कृषि तथा पशुपालन गरेका महर्जनले नयाँ पुस्ताको सोचमा परिवर्तन आउनु जरुरी रहेको बताए । राजनीतिलाई मर्यादित बनाउन पनि व्यावसायिक उद्यमशीलताको खाँचो रहेको उनको भनाइ छ । 

कृषि र पशुपालनबाट बचत भएको समयमा महर्जन सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आएका छन् । पूर्ववडाध्यक्ष समेत रहेका महर्जन राजनीति र जनप्रतिनिधि भनेको पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?